अखिल(क्रान्तिकारी) को मधेस प्रदेश भेला सम्पन्न
२८ साउन सर्लाही ।पवन कार्की नेतृत्वको अखिल (क्रान्तिकारी) ले मधेस प्रदेश बाट प्रदेश को भेला सुरु गरेको छ । विधि र बिधान अनुसार सङ्गठन नचलाएको आरोप लगाएका पवन कार्कीले पन्चा सिंह लाई कारबाही गरि समानान्तर कमिटी घोषणा गरेका थिए ।
घोषणा गरे लगत्तै देशैभरी सङ्गठन सुदृढीकरण अभियान सुरु गरेका पवन कार्की निकट अखिल (क्रान्तिकारी) ले मधेस प्रदेशमा बृहत भेला गरेको छ । उक्त भेला अखिल (क्रान्तिकारी) केन्द्रिय संयोजक पवन कार्कीको प्रमुख आतिथ्यतामा, प्रदेश संयोजक शिवराज धमलाको सभापतित्वमा केन्द्रीय नेताहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
अखिल (क्रान्तिकारी ) लाई १ नम्बरको सङ्गठन बनाउन देशै भरी भेला गर्न लागिपरेको पवन कार्कीले बताए ।