सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १ २०७९
2.1K
SHARES

१ भदौ  काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय छ । आजको बैठकमा आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँडबारे टुंगोमा पुग्ने सम्भावना छ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनमा आबद्ध पाँच दलबीच तालमेल गर्ने सहमति भएको थियो । त्योसँगै सिट बाँडफाँडका निम्ति कार्यदल गठन गरेर काम भइरहेको छ ।