आज माओवादीले टुंग्यायो ४१ सदस्यीय स्थायी समिति (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १ २०७९
4.8K
SHARES

१ भदौ काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले पार्टी स्थायी समिति टुंग्गो लगाएको छ । बुधबार बसेको स्थायी समिति बैठकले पार्टीको पोलिटब्यूरो, स्थायी समिति टुंग्गो लगाएको एक नेताले जानकारी दिए ।

स्थायी समितिमा माओवादीले समावेशी चरित्रको बनाएको छ । पहिले नै स्थायी समितिमा रहेका बाहेक नै थप ११ जना महिलालाई माओवादीले स्थायी समितिमा ल्याएको छ ।

मुश्लिम, दलितबाट पनि प्रतिनिधित्व गराउने गरी समावेशी चरित्रको स्थायी समिति बनाइएको माओवादीका एक नेताले जानकारी दिए ।

मेरोन्यूजलाई प्राप्त जानकारी अनुसार यी नेताहरु स्थायी समितिमा परेका छन् –

पुष्पकमल दाहाल प्रचण्ड
नारायणकाजी श्रेष्ठ
कृष्णवहादुर महरा
देव गुरुङ
बर्षमान पुन
जनार्दन शर्मा
पम्फा भुसाल
गणेश शाह
गिरिराजमणि पोखरेल
हरिबोल गजुरेल
शक्ति बस्नेत
चक्रपाणि खनाल
देवेन्द्र पौडेल
मात्रिका यादव
लिलामणि पोखरेल
हितमान शाक्य
हितराज पाण्डे
राम कार्की
कालीवहादुर मल्ल
खगराज भटट
जयपुरी घर्ती
ओनसरी घर्ती
शसि श्रेष्ठ
पूर्णकुमारी सुवेदी
अन्जना विसंखे
यशोदा सुवेदी गुरुङ
अमृता थापा
कमला रोक्का
रेखा शर्मा
उर्मिला अर्याल
श्रीराम ढकाल
हकिकुल्ला खाँ
महेश्वर गहतराज

प्राप्त भएको नाम मात्र समाबेश गरिएको छ । केही नाम अझै प्राप्त नभएकोले उल्लेख गरिएको छैन ।