जबरजस्ती नागरिकता विधेयक पारित गरे परिणाम राम्रो हुँदैन – प्रदीप ज्ञवाली
२ भदौ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयक ‘हेड काउन्ट’का आधारमा पारित नगर्न आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा उठाइएका प्रश्नहरूको समाधान गरी साझा दस्तावेज बनाउन दिएको अवसरको सदुपयोग गर्न आग्रह समेत गरे ।
उनले थपे, “हेड काउन्टमा तपाईंहरू बढी हुनुहोला । यो हेड काउन्टले टुंग्याउने विषय होइन । यसमा समाज विभाजित भयो भने पछिसम्म दुष्परिणाम रहिरहन्छ ।” यसमा जबरजस्ती नगर्न र जिद्दी नगर्न पनि उनले आग्रह गरे ।