माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, महासचिवमा कसले मार्ला बाजी ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ३ २०७९
2.7K
SHARES

३ भदौ काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बिहीबार बस्ने भनिए पनि पटक–पटक सर्दै स्थगित भएको बैठक आज बस्न लागेको हो ।  बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । बैठक साढे ८ बजे बस्नेछ ।

आज पार्टीको अपूर्ण कमिटीहरुलाई पूर्णता दिने भएको छ । यसका लागि करिब–करिब पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।

केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधीकारी आज बस्ने पार्टी स्थायी कमिटी बैठकले टुङ्गो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।