सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमायौं – राष्ट्रपति


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ५ २०७९
2.7K
SHARES

५ भदौ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट नेपालले सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् ।

“समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,” राष्ट्रपति भण्डारीले आज ट्विट गर्दै लेखेकी छन्, “म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।”

लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित गिरिको शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । गिरिको आजै पशुपति आर्यघाटमा दिउँसो २ बजेपछि अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।