कांग्रेस नेता गिरिको पार्थिव शरीर अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ५ २०७९
2K
SHARES

५ भदौ काठमाडौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिवार निधन भएका गिरीको पार्थिव शरीर ११ बजेदेखि दुई बजेसम्म श्रद्धाञ्जलीका लागि सानेपामा राखेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने कांग्रेस प्रमुख सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य गिरिको दुई सातादेखि मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। भारतमा घाँटीको सफल शल्यक्रिया गरेर नेपाल आएका गिरिलाई निमोनिया भएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।