राष्ट्रपतिले गरिन् यी दुई विधेयक प्रमाणीकरण
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र ५ २०७९
4K
SHARES
५ भदौ काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई विधेयक प्रमाणीकरण गरेकी छन् । भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भएका नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट