नागरिकता विधेयकबारे गलत ढंगले प्रचार गरियो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ८ २०७९
1.9K
SHARES

८ भदौ चितवन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताएका छन्। यहाँ आज पत्रकारहरूसँग कुरा गर्दै उनले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताए।

नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै प्रचण्डले भने, ‘अहिलेको विधेयकमा आमाबाबु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो।’

झण्डै छ/सात लाख नेपाली आमाबाबु दुवै नेपाली हुँदाहुँदै पनि नागरिकताबाट वञ्चित रहेको उल्लेख गर्दै उनले भने, ‘आमाबाबु दुवै नेपाली छन्, तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट वञ्चित छन्। त्यो स्थिति अन्त्य गर्ने यो विधेयक हो।’