नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुन्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १० २०७९
6.7K
SHARES

१० भदौ विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन्।

शुक्रबार धरान जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएबा हुन्। अध्यक्ष प्रचण्डले भने, ‘नागरिकता विधेयक प्रक्रियागत रुपमा नै टुंगिन्छ र राष्ट्रपति ज्यूले प्रमाणीकरण गर्नुहुन्छ।’

राष्ट्रपतिले सुरक्षाकर्मीसँग पनि भेटेको र राजीनामा दिने चर्चा पनि चलेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले त्यो अस्वभाविक रहेको बताए।

राष्ट्रपतिले संदेशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति भण्डारी असन्तुष्ट छन्।राष्ट्रपति भण्डारीले केही दिन यता गरिरहेको भेटघाट र गतिविधिबारे सत्ता गठबन्धनले भनु प्रश्न उठाएको छ।