एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १२ २०७९
2.4K
SHARES

१२ भदौ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार बैठकमा आसन्न निर्वाचनलक्षित छलफल हुनेछ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा रहेको कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय निकाय (परिषद् र आयोग)का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरू सदस्य छन् ।