बालेन्द्र धेरै खरानी घसेका जोेगी हुन् – सांसद बस्नेत


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १२ २०७९
2.4K
SHARES

१२ भदौ काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले काठमाण्डौँका मेयर बालेन्द्र शाह धेरै खरानी घस्ने जोगी भएको बताउदै आफू उनका समर्थकसँग हजार पटक लड्न तयार रहेको बताएका छन् ।

उनले बालेन्द्रको डोजर अभियानले धेरे नागरिक पीडित भएको पनि टिप्पणी गरे । यस अघि उनले अल्फाबिटामा डोजर चलाउदा आपत्ति जनाउदै चेतावनी दिएका थिए । तोडेर फोडेर जनताका पुर्ख्यौली सम्पत्तिहरु, वर्षौदेखि दुःख गरेर कमाएर, छोराछोरीलाई खाडीमा पठाएर बनाएका हाम्रा घरहरु भत्काउने तिम्रो कुनै तागत छैन । तिमीलाई कुनै अधिकार छैन ।

मैले यो कुरा भनेवापत तिम्रा सुण्ड मुसुण्डहरुले मलाई गाली गर्छन् भने तिम्रा सुण्ड मुसुण्डसँग हजारौँ पटक जुध्न तयार छु । हजारौ पटक लड्न तयार छु ।’ बस्नेतले चेतावनी दिएका छन् । बालेन्द्रको टिमसँग हजारौँ पटक भीड्न म , मेरो पार्टी र मेरो टिम तयार छ , उनले चेतावनी दिएका छन् । भक्तपरको एक कार्यक्रममा बोल्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।