गठबन्धन गर्दा कांग्रेसले जितेको ठाउँ छाड्न सकिँदैन – डा. शेखर कोइराला
१२ भदौ विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन गर्दा कांग्रेसले जितेको ठाउँ छाड्न नसकिने बताएका छन् । कांग्रेस क्षेत्रिय समिति मोरङ ६ ले आइतबार विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कोइरालाले जितेको ठाउँमा कांग्रेसले छाड्न नहुने बताए । कुनै पनि क्षेत्रमा कांग्रेस नछुट्ने गरी गठबन्धन हुनुपर्नेमा उनको जोड छ ।
कम्प्युनिष्टसँग सिद्धान्ततः केही कुरा नमिल्ने भए पनि के–के कुरामा मिल्ने प्रस्ट हुनुपर्ने र वैदेशिक नीतिबारे प्रस्टता हुनुपर्नेमा उनको जोड छ । कोइरालाले भने, “कांग्रेसले एक्लै सरकार बनाउन सक्छ कि सक्दैन ? ६ नम्बर क्षेत्रमात्र होइन पूरै मोरङ जिताउन पर्छ, राजनीति सिद्धान्त र विचारको आडमा गरिने हो ।”
जनताले सुशासन र पारदर्शिता मात्र खोजेको बताउँदै उनले पार्टीमा पनि त्यही खोजिएको जिकिर गरे । विराटनगर राष्ट्रिय राजधानीको रुपमा बीपी कोइरालाले चिनाएको बताउँदै अहिले यो ओझेलमा परेको हो कि भन्ने भान परेको बताएका छन् । उनले भने, “हिजो बीपीले चुनाव लडेको ठाउँ ओझेलमा पर्नुहुन्न । विराटनगरले पहिले जे सोच्दद्थ्यो त्यसपछि मात्र काठमाडौंलै सोच्थद्थ्यो ।”