माओवादीबाट चुनाव उठ्ने बारे कुलमानले दिए यस्तो प्रतिक्रिया
१५ भदौ काठमाडौ । आगामी मंसिर ४ गतेको चुनावमा आ-आफ्नो दलको पक्षमा माहौल बनाउन नेताहरू प्रयासरत रहँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको भावना ‘सेन्टिमेन्ट’ समात्ने गरी उम्मेदवार अघि सार्ने टिप्पणी गरे।
त्यसको लगत्तै माओवादी पार्टीभित्रबाटै काठमाण्डूमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उठाउने चर्चा चलेका छन्।
देशमा लोडशेडिङ् हटाएको र भारतलाई बिजुली निर्यात गरेर प्राधिकरणको वित्तीय स्वास्थ्य दह्रो पारेको जस पाउने घिसिङ स्वयंको सोचाइ चाहिँ के छ ?
कुलमान घिसिङ् यसो भन्छन् : ‘मैले (चुनाव उठ्ने)बारे केही निर्णय गरेको छैन’, घिसिङले भने। ‘चर्चा त विभिन्न चलिराख्छन्। तर मैले निर्णय गरेको छैन।’
दोस्रो चार वर्षे कार्यकालका निम्ति घिसिङ एक वर्षअगाडि प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका थिए। अर्थात् उनको अझै तीन वर्षको कार्यकाल बाँकी नै छ।