पत्ता लगाएर जेल हाल्न नपरोस् – मेयर हर्क साम्पाङ
१६ भदौ काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन्। उनले मानहानी र गाली बेइज्जतीको मुद्दा चलाउने चेतावनी दिँदै देशमा एउटा सरकार पनि छ भन्ने नभुल्न आग्रह गरेका छन्।
विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काठमाडौंको फोहोरको बारेमा आलोचना गरेको भन्दै हर्कविरुद्ध सामाजिक सञ्जालमा गालि गलौज बढ्न थालेको छ। त्यसप्रति टिप्पणी गर्दै साम्पाङले यस्तो चेतावनी दिएका हुन्।
‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ,’ मेयर साम्पाङले अघि भनेका छन्, ‘अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु!’