एकपटक मौका दिनुुस्, स्वतन्त्रलाई जिताउनुस् – लौरो अभियान
१६ भदौ काठमाडौं । सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ ले दलीय वेथितिबाट मुलुकलाई मुक्त गर्न स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन आह्न गरेको छ । अभियानका अभियान्ताहरुले उम्मेदवारी घोषणा गर्दै बैकल्पिक र स्वतन्त्रहरु एकीकृत भएर देशको माटो र संस्कृति संरक्षण गर्नुपर्ने अवस्था आएको बताएका थिए । उनीहरुले दलीय वेथितिको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारलाई एकपटक भोट दिएर मौका दिन आग्रह गरेका छन् । कार्यक्रममा अहिलेसम्म देशभरीबाट ३५० बढीले स्वतन्त्र उम्मेदवारका लागि आवेदन दिएपनि केही प्रतिनिधिहरुको मात्रै उम्मेदवारी घोषणा गरिएको जानकारी दिइएको थियो ।
उनले नागरिकले राज्यबाट पाउने सामान्य सेवा समेत पाउन नसकेकाले ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ आवश्यक परेको बताए । त्यस्तै भिष्मकुमार रानाले स्वतन्त्र उम्मेदवारहरुलाई एकपट मौका दिन आग्रह गरे । ‘मंसिरको निर्वाचनमा एकपटक मौका दिनुस् स्वतन्त्रलाई जिताउनुस्’, उनको आग्रह छ । त्यस्तै दहे स्तम्भ ‘लोकेन्द्र’ ले आफुहरु निर्वाचित भएर गलत काम गरे आत्मदाह गर्न तयार रहेको बताए ।