प्रदीप गिरि विश्व समाजवादी आन्दोलनकै नेता हो – प्रधानमन्त्री देउवा


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
2.6K
SHARES

१६ भदौ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरिको निधनले नेपाललाई मात्र नभएर विश्व समाजवादी आन्दोलनलाई नै क्षति पुगेको बताएका छन् ।

नेपाली कांग्रेसको सभापतिसमेत रहेका देउवाले प्रदीप गिरि एउटा समाजवादी चिन्तक मात्र नभएर धेरै ठूलो दार्शनिक पनि भएको बताए ।  “प्रदीपजी समाजवादी चिन्तक मात्र होइन दार्शनिक पनि हो । जिनियस र अलराउन्डर हो,” देउवाले भने, “मैले उहाँको मुखबाटै धेरै कुरा थाहा पाएको छु ।”

देउवाले गिरिजस्ता विद्वान नेपालमै धेरै कम भएको बताए । देउवाले गिरिलाई सबैको गुरु भएको बताएका थिए । “उहाँ विद्धान मान्छे हो । उहाँको निधनले नेपाल र पार्टीलाई मात्र होइन विश्व समाजवादी आन्दोलनले क्षति पुगेको छ,” देउवाले भने, “उहाँले छोडेर गएको कुरा पार्टीले अघि बढाउँछ ।”