पार्टी जोगाउन एक्लै लड्ने सोच्दैछु – अध्यक्ष यादव


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
6.2K
SHARES

१६ भदौ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टी बचाउन गठबन्धनबाट बाहिरिने सोच बनाएको बताएका छन् ।  बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उनले आफ्नो पार्टीले एक्लै लड्दा पनि नौ सिट जित्ने भएकाले गठबन्धनको धेरै आवश्यकता नपर्नेमा बताएका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

अध्यक्ष यादवले गठबन्धनले जसपालाई १५ सिटभन्दा बढी नदिने र त्यसमा पनि नौ सिटभन्दा धेरै जित्ने सम्भावना नभएको कुरा पनि राखेको ती नेताले बताए ।

“गठबन्धनले १५ सिट दिने हो । त्यसमा पनि हामीले जित्ने नौ सिट मात्र हो । हामी एक्लै लड्दा पनि यती सिट जित्छौँ,” उपेन्द्रको भनाइ उधृत गर्दै ती नेताले भने, “१५ सिटमा खुम्चियो भने पार्टी छोडेर जानेको संख्या बढ्छ । एक्लै लड्दा पार्टी जोगाउन सकिन्छ ।”