एमालेले यी ६ जनालाई पार्टीबाट निकाल्यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १७ २०७९
1.9K
SHARES

१७ भदौ कैलाली। नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापासहित ६ जनालाई एमाले कैलालीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको छ।

एमाले कैलालीले विज्ञप्ति जारी गरेर पार्टीको विधानको धारा ८१ को उपधारा १ बमोजिम उनीहरूलाई कारबाही गरिएको जनाएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै अध्यक्ष पदबाट बर्खास्त गरिएका थापा बिहीबार मात्रै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए।

उनीसँगै एमालेले उनकी पत्नीसमेत रहेकी लम्कीचुहा नगरपालिकाकी निवर्तमान उपमेयर टिका थापा, तुला थापा, धरम थापा, दुजराम चौधरी र पूर्ण साउदलाई पनि कारबाही गरेको हो।