गण्डकी गाउँकार्यपालिकाको मुख्य सेवा तोमनडाँडाबाट


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १८ २०७९
5.1K
SHARES

१८ भदौ गोरखा ।गण्डकी गाउँपालिकाले मुख्य सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । पालिकाको शनिबार बसेको गाउँकार्यपालिका बैठकले पालिका केन्द्रबाट प्रवाह हुने सम्पुर्ण सेवा पालिकाको वडा नम्बर ६ स्थित तोमनडाँडाबाट प्रवाह गर्ने निर्णय भएको पालिका अध्यक्ष दिपक तिमिल्सिना `साकार´ ले जानकारी दिए ।

पालिका केन्द्र अपाहेक ठाउँमा रहदा पालिकावासीले दु:खद झेल्दै आएको समेत उनले बताए । कार्यपालिकाको सेवा केन्द्र सार्ने निर्णयसंगै अब सम्पुर्ण सेवा प्रवाह पालिकाको वडा नम्बर ६ स्थित तोमनडाँडबाट हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

`आजको निर्णयले गाउँपलिकावासीले सहज रुपमा प्रशासनिक सेवा प्राप्त गर्नेछन्´ , अध्यक्ष तिमिल्सिनाले भने `पालिका केन्द्रनै सार्ने योजना भए पनि दुईतिहाइ मत नपुग्दा सार्न सकिएन, हाम्रो प्रयास जारी रहन्छ´, उनले भने ।

कांग्रेस र एमालेबाट निर्वाचित प्रतिनिधिले पालिका केन्द्र सार्न असहयोग गरेकाले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न मुख्य सेवा केन्द्र सार्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका केन्द्रको बिषयमा असहमति जनाउदै कांग्रेस र एमालेका जनप्रतिनिधि गाउँसभानै बहिस्कार गर्दै आएका थिए ।

माओवाद केन्द्र वडा नम्बर ६ को वनटारमा पालिकाको केन्द्र सार्न चाहान्छ भन्ने कांग्रेस र एमाले भूम्लिचोक नै हुनुपर्छ भन्ने अडान लिदै आएका छन् ।