पृथ्वीसुब्बा गुरुङ प्रदेशमा सिफारिस
Capital Headline
प्रकाशित मिति :
शनिबार, भाद्र १८ २०७९
3K
SHARES
१८ भदौ पोखरा । नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।
एमालेका पदाधिकारी संघकै चुनावमा लड्ने चर्चा चलिरहेका बेला गुरुङको नाम भने लमजुङ प्रदेश सभा ‘ख’ का लागि नाम सिफारिस भएको हो ।लमजुङको एकमात्र प्रतिनिधि सभामा संविधान सभा सदस्य जमिन्द्रमान घलेको नाम सिफारिस भएको छ ।
घलेले संघबाहेक अन्त चुनाव नलड्ने बताएपछि पृथ्वीसुब्बाको नाम प्रदेशकै सिफारिस भएको नेताहरू बताउँछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट