साझा उमेद्वारको रुपमा म गोरखा २ बाटै चुनाव लड्छु – डा. बाबुराम भट्टराई
१९ भदौ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजबादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफु गोरखा-२ बाटै चुनाव लड्ने बताएका छन्। उनले आफु कुनै दल बिशेष भन्दा पनि साझा उमेद्वारको रुपमा चुनाव लड्न् चाहेको समेत बताए ।
नेसपा गोरखाको पहिलो पूर्ण बैठकमा सहभागी हुन शनिवार गोरखा पुगेका अध्यक्ष डा. भट्टराईले सदरमुकाममा पत्रकारहरुसंग कुराकानी गर्दै कुनै दल बिशेषको नेता वा उमेद्वारको रुपमा भन्दापनि गोरखाको साझा उमेद्वारको रुपमा चुनाव लड्ने आफ्नो इच्छा रहेको बताउए ।
‘मैले यस पटक गोरखाबाट सवै प्रमुख राजनीतिक दलको साझा उमेद्वारको रुपमा अगाडी बढ्ने चाहाना राखेको छु, अध्यक्ष डा.भट्टराईले भने, ‘नेपाली काग्रेस, माओबादी केन्द्रका साथीहरुको त अबश्य साथ रहन्छ, त्यो भन्दाबाहेकका अन्य दलका साथीहरुले पनि मलाई एक पटक गोरखाको सवै दलको प्रतिनिधित्व गर्ने अबसर दिनुहुनेछ भन्ने अपेक्षा छ ।’
उनले आफु एकपटक फेरी गोरखा क्षेत्र नम्बर २ बाट नै निर्वाचन लड्ने सोचमा रहेको उल्लेख गरे । ‘गठबन्धनमा जसले जहाँबाट जितेको छ त्यहीँबाट चुनाव लड्ने भन्ने प्रारम्भिक सहमति बनेको छ, अध्यक्ष भट्टराईले भने, ‘त्यसले स्वत: म गोरखाको २ नम्बर क्षेत्रबाट चुनाव लड्छु ।’
उनले देशले सुशासन र सम्बृद्धि बाटो खोजेको भन्दै अहिले नै त्यसको मार्गचित्र तयार गरेर जाने अबस्था नरहेकाले फेरी एक पटक अबसर पाए अबको ५ बर्षमा ठोस योजना निर्माण गरेर अघि बढ्ने बताए । ‘मेरो सोच त हाम्रो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्नेकी भन्ने पनि थियो, उनले भने,‘ हाम्रो पुस्ताले नै देशलाई गणतन्त्र हुदै अहिलेको अबस्थासम्म ल्याइपुर्यायो, यसलाई नै सुरक्षित नगरीकन छोड्दिदा झन अलपत्र पर्ने र संकटमा जाने खतरा देखियो त्यसो हुनाले यो निर्वाचनमा म लगायतका हाम्रै पुस्ताका साथीहरुले चुनाव लडेरै जाने तयारी भएको छ ।’
उनले देशलाई नयाँ बैकल्पिक समाजबादी धारको आबश्यकता रहेको भन्दै उनले त्यसका लागि निर्वाचन पछि एकिकृत माओबादी केन्द्रसंग छलफल गरेर अघि बढ्ने समझदारी भएको बताए।