बर्दियामा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १९ २०७९
3.2K
SHARES
१९ भदौ काठमाडौं । मधुवन नगरपालिका–४ माचड चोक बस्ने सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरी समेत रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई शनिबार पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार २ सय ९० रूपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट