यो ‘मेसिन’ले भ्रष्ट मान्छे उत्पादन गरिरहन्छ – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १९ २०७९
1.9K
SHARES
१९ भदौ काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद नै मन्त्री, प्रधानमन्त्री हुुने व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत गरेको टिप्प्णी गरेका छन् ।
आइतबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा उनले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र प्रमुखले मन्त्री छान्न पाउने अधिकार दिए मात्र भ्रष्टाचार अन्त्य हुने जिकिर गरे ।
“सांसद नै मन्त्री, प्रधानमन्त्री हुुने जो हाम्रो सिस्टम छ, यो सिस्टमले पनि जगैदेखि भ्रष्टाचारलाई मद्दत गर्न सहयोग गरेको छ,” उनले भने, “त्यसकारण यसलाई अन्त्य गर्न कम्तीमा पनि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र त्यो कार्यकारी प्रमुखले आफ्नो भिजनअनुसार देशलाई पाँच वर्षपछि लैजान्छु भन्ने गरी मन्त्री बन्न पाउने अधिकार भयो भने मात्रै भ्रष्टाचार रोक्निछ ।
अन्यथा, तपाईं हामी जति चिल्लाए पनि, जति कराए पनि, उफ्रे पनि यो मेसिनले भ्रष्टाचार नै उत्पादन गरिरहन्छ । भ्रष्ट मान्छे नै उत्पादन गरिरहन्छ ।” त्यसका लागि सडक आन्दोलन हुने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट