देशमा समाजवाद ल्याउँन सकिन्छ – अध्यक्ष नेपाल
१९ भदौ काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको जिकीर गरेका छन्।
आज आइतबार काठमाडौंमा आयोजित समाजवादको नेपाली मार्गचित्र विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर त्यो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका हुन्।
गणतन्त्रको पक्षमा कांग्रेस नरहेको, माओवादीभित्र पनि सांस्कृतिक राजाको कुरा भइरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनले बताए।
अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै देशमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिस्टहरूले कहिल्यै पनि भुल्न नहुने पटक–पटक दोर्होयाए।