मन्त्रीसँग विवाद भएपछि पक्राउ परे सेक्युरिटी गार्ड
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १९ २०७९
2.2K
SHARES
१९ भदौ काठमाडौं। मन्त्रीसँग विवाद गरेपछि एक सेक्युरिटी गार्डलाई प्रहरीले पक्राउ गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा प्रहरीले ठमेलस्थित छाया सेन्टरमा कार्यरत सेक्युरिटी गार्ड शेरजंग गुरुङ पक्राउ परेका हुन् । गरुड सेक्युरिटीबाट त्यहाँ खटिएका उनले मन्त्रीसँग विवाद र गरेको आरोप छ । विवादका क्रममा धक्कामक्का हुन पुगेको बताइएको छ ।
आइतबार पीएसओसहित श्रीमतीको बायोमेट्रिकका लागि त्यहाँ पुगेका श्रेष्ठसँग गुरुङले विवाद गरेको बताइएको छ । लाइन बस्ने विषयमा मन्त्रीसँग विवाद भएको बताइएको छ । श्रेष्ठ श्रीमतीको क्यानडाको भिसा प्रयोजनका लागि त्यहाँ बायोमेट्रिकका लागि पुगेको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी भरत बोहराले गुरुङलाई बृत्त दरबारमार्गमा राखेर थप अनुसन्धान भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट