महेश बस्नेतसँग भिड्दै दिपशिखा,कसले मार्ला बाजी ?


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २० २०७९
3.4K
SHARES

२० भदौ काठमाडौं । नेकपा माओवादी केन्द्र भक्तपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ ।

आज बसेको जिल्ला समन्वय समितिको बैठकले भक्तपुर–२ मा वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई एकल रुपमा सिफारिस गरेको छ ।यो नेकपा एमालेका नेता महेश बस्नेतको क्षेत्र हो ।

एमालेनिकट युवा संघको पूर्व अध्यक्ष समेत रहेका बस्नेतले यो क्षेत्रमा चुनाव जित्दै आएका छन् ।भक्तपुर–१ बाट सुरेश न्यौपानेलाई एकल रुपमा सिफारिस गरेको छ ।

माओवादी केन्द्र भक्तपुर जिल्ला समन्वय समितिका संयोजक सुनिल गोठेका अनुसार प्रतिनिधिसभा १ को प्रदेशसभा ‘ख’ मा सुनिल गोठे र प्रतिनिधिसभा २ को ख मा दिलीपकुमार प्रजापति सिफारिस भएका छन् ।

बाँकी रहेका प्रदेशसभामा धेरै दावेदार रहेकाले सहमतिमै एकल उम्मेदवार सिफारिस गर्ने प्रयास भइरहेको गोठेले जानकारी दिए ।