जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिने पल शाहको तयारी


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २२ २०७९
2.9K
SHARES

२२ भाद्र काठमाडौं। बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका नायक पल (पूर्णविक्रम)  शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन्।

नाबालिकामाथि बलात्कारको मुद्दामा मंगलबार नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।

अदालतको पूर्णपाठ आउनै वित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारीमा बसेकाे पलका वकिल कमलामोहन वाग्लेले बताए। वाग्लेले भने,‘फैसलाको पूर्णपाठ आउने वित्तिकै हामी उच्च अदालतमा जान्छौं  जाहेरी दिने तयारी अवस्थामा छौं।’

यसैबीच, तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृतिको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको छ।