ओलीको कार्यक्रमलाई अवरोध गर्न खोज्ने ११ जना पक्राउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र २७ २०७९
3.5K
SHARES
२७ भदौ जनकपुरधाम । धनुषाको जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा अवरोध गर्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । विमानस्थल अगाडिबाट ११ जनालाई पक्राउ गरिएको धनुषाका एसपी बसन्त रजौरेले बताए ।
ओलीलाई कालोझण्डा देखाउन खोजेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् । केपी ओली सोमबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न र विभिन्न पार्टीबाट आउनेहरुलाई प्रवेश गराउन जनकपुर पुगेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट