यो सरकार देश र जनताका लागि घातक छ – अध्यक्ष ओली
२७ भदौ जनकपुरधाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको सरकार देशका लागि कुनै पनि हिसाबले हितकर नरहेको बताएको छन्।
सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले राजनीतिक, धार्मिक र सामाजिक, साँस्कृतिक हिसाबले पनि वर्तमान गठबन्धन सरकार देश र जनताका लागि घातक रहेको आरोप लगाए।
उनले भने, ‘आगामी मंसिर ४ मा हुने निर्वाचनले देश कता जाने भन्ने सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिनेछन्।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अठोटका साथ आगामी निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बनाउन उनले आग्रह गरे।