यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
२८ भदौ काठमाडौं । सरकारले मधेस प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही भदौ २७ गते बसेको बैठकबाट योसहित विभिन्न १५ निर्णय गरिएको छ ।
बैठकबाट प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरिएको छ ।यस्तै, विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्नेलगायत निर्णय मन्त्रिपरिषद् को उक्त बैठकबाट गरिएको छ ।