चुनावसम्ममा माधव नेपालसँग कार्यकर्ता नै रहँदैनन् – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २९ २०७९
2.2K
SHARES

२९ भदौ पोखरा । नेकपा (एमाले)का अध्यक्ष एंवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावसम्ममा नेकपा एकीकृत समाजवादीमा कार्यकर्ता नै नरहने बताएका छन्।

पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले चुनावसम्ममा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कार्यकर्ताविहीन रहने बताएका हुन्।

‘तपाईहरुलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला। नोट गरेर राख्नुस्। चुनावसम्ममा माधब नेपालसँग आफूबाहेक कार्यकर्ता नै रहँदैनन्,’ ओलीले भने।