जबराले मुछेका पूर्वन्यायाधीश र कानुन व्यवसायीलाई समितिले बोलायो


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २९ २०७९
2.1K
SHARES

२९ भदौ काठमाडौं । संसद्को महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिएका व्यक्तिहरुलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले बयानका क्रममा नाम आएका बारका पदाधिकारी, पूर्वन्यायाधीशलगायतलाई बिहीबार छलफलका लागि बोलाउने निर्णय गरेको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

पूर्वन्यायाधीश, बारका पदाधिकारीसँग बिहीबार छुट्टाछुट्टै समय दिएर छलफल गर्ने उनले बताए ।  यसअघि, बयानका क्रममा जबराले आफूलाई महाभियोग लगाउनुको कुनै औचित्य पुष्टि हुन नसक्ने भन्दै विभिन्न व्यक्तिहरुको नाम लिएका थिए ।