मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ३१ २०७९
1.8K
SHARES

३१ भदौ  काठमाडौं। मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो।

बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने छ। प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारको तयारी छ। समानुपातिकको बन्दसूची बुझाउनुअघि राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको एक नेताले जानकारी दिए।