डा. भट्टराईले ३ जनाको नाम दिनु भएको छ , जसमा उहाँको नाम छैन – बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ३१ २०७९
3.9K
SHARES

३१ भदौ काठमाडौं । आगामी मंसिरमा हुने चुनावको चर्चा र सर्घम बढेर आएको छ । सत्ता गठन्धनको भागबन्डामा कुरा अझै मिलेसकेको छैन । अबको केहि दिनमा एउटा निष्कर्स सहित अन्तिम बिन्दुमा पुग्ने गठन्धनको  तयारी छ  । पछिल्लो समय पार्टी फुटाएर अगल पार्टी बनाएका डा. बाबुराम भट्टराईले माओवादी केन्द्रको चुनाब चिन्न लिएर चुनाब लड्ने  बताएका छन् ।   आफुले भने चुनाब लड्ने नलड्ने बारेमा अहिले सम्म कुरा प्रष्टसंग बताएका छैनन ।

अघिल्लो चुनाबमा गोर्खा क्षेत्र नम्बर २ मा डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लडेका थिए । जसमा नेता श्रेष्ठ पराजित भएका थिए । अहिलेको चुनाब गोर्खा क्षेत्र नम्बर २ बाट नै चुनाब लड्ने नेता श्रेष्ठले बताएका छन् । योहो टेलिभिजनको सत्य सम्बद कार्यक्रममा नेता श्रेष्ठले भट्टराईले आगामी चुनाबको लागि ३ जनाको नाम दिनु भएको तर त्यसमा उहाको नाम नरहेको बताएका छन् । पछिलो समय गोरखामा निकै राम्रो प्रभाव बनाएका नेता श्रेष्ठलाई यस चुनाब अघिल्लो चुनाब भन्दा सहज हुने अनुमान गरिएको छ ।