सरकारमा रहँदा गरेका काम लिएर जनतामा जानुस् – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ३१ २०७९
1.8K
SHARES

३१ भदौ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहँदा आफूहरुले गरेको काम लिएर जनतामा जान सांसदहरुलाई निर्देशन दिएका छन् ।  संसदीय दलको यो कार्यकालको अन्तिम बैठकमा उनले आफूले टिकट पाउँदा जित्ने र अरुले पाउँदा जिताउने गरी क्रियाशील हुन निर्देशनसमेत दिए ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अध्यक्ष ओलीले पाँचवर्षे कार्यकालमा संसद्मा खेलेको भूमिकाका लागि सांसदहरुलाई धन्यवाद दिएका थिए ।  यस्तै, सरकारले संसद्को कार्यकाल लम्ब्याउन अनेकन् प्रपञ्च गरेको भए पनि आगामी चुनावका लागि नामाङ्कन दर्ता गरेको दिनदेखि यो संसद्को कार्यकाल समाप्त हुने ओलीले बताएका भट्टराईको भनाइ छ ।  भट्टराईका अनुसार ओलीले गाउँगाउँमा चुनाव जित्ने योजना बनाउन पनि निर्देशन दिएका छन् ।

“जनताले एमालेलाई चुनाव जिताएर बहुमतको सरकार बनाउने उत्कट चाहना राखेको हुनाले जनताको आवाजलाई सम्मान गर्दै गाउँ गाउँ पुगेर पार्टी निर्माण र निर्वाचन जित्ने योजना बनाउन निर्देशन गर्नुभयो,” भट्टराईले भने ।