राष्ट्रपतिद्धारा प्रतिनिधिसभाको अधिवेशन अन्त्य


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज १ २०७९
2.3K
SHARES

१ असोज काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए ।

शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गरेका थिए ।