समानुपातिक उमेदवार टुंग्याउन बालकोटमा एमाले बैठक


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २ २०७९
2.7K
SHARES

२ असोज काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उमेदवारको टुंगो लगाउने बताइएको छ ।

सचिवालय बैठक शनिबार पनि बसेको थियो । तर, उक्त बैठकमा समानुपातिक बन्द सूचीको कानुनी प्रावधानबारे मात्रै ब्रिफिङ भएको थियो । आजको बैठकले भने उमेदवार टुंग्याउने नेताहरु बताउँछन् ।

तल्ला कमिटीबाट आएका सिफारिसको आधारमा सट लिस्टिङको काम भइरहेको नेताहरु बताउँछन् ।  आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आज र भोलिमा समानुपातिक बन्द सूची बुझाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।