अखिल (क्रान्तिकारी)द्धारा काठमाडौं रेस- २०७९ सम्पन्न
३ असोज काठमाडौ ।नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले संविधान दिवसको अवसरमा काठमाडौं रेस-२०७९ को कार्यक्रम सम्पन्न गरेको छ । संगठनको पुर्व अध्यक्ष रमन श्रेष्ठको प्रमुख आतिथ्यिता र संयोजक पवन कार्कीको अध्यक्षतामा विहाना कार्यक्रम सकिएको हो । कार्यक्रममा बोल्दै श्रेष्ठले संगठन यहि रेसको गतिमा अघि बढाउन शुभकामना व्यक्त गर्नु भयो ।संयोजक कार्कीले यो संविधान माओवादीले गर्दा जनताद्धारा लिखित भएकाले सबैले अपन्त्व लिन समेत आग्रह गरेका छन ।
आठौँ संविधान दिवसको अवसरमा ‘संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन, शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनी म्याराथन’ भन्ने नाराका नेपाल एथलेटिक्स एसोसिएसन, सहिद स्मृति स्पोर्ट्स एकेडेमी, राष्ट्रिय खेलकुद परिषदको समन्वयमा अखिल (क्रान्तिकारी)ले कार्यकम आयोजना गरेको हो ।
त्रिपुरेश्वरस्थित रंगशालादेखि सुरु भएको रेस थापाथली–माइतीघर–बबरमहल–बिजुली बजार पुल हुँदै एभरेस्ट होटल अगाडिको डिभाइडर पुगेर सोही बाटो फर्केर त्रिपुरेश्वर पुगेर सकिएको छ ।
सो रेसमा पुरुषतर्फ अजितकुमार यादव प्रथम भएका छन् । पिनाकल कलेजका यादवले १७ मिनेट ४५ दशमलव ३ सेकेन्डमा दूरी पार गरे । त्यस्तै, एनपिसीका सन्तोषविक्रम विष्ट (१७ मिनेट ४५ दशमलव ८ सेकेन्ड) र एनपिएफका मोहनदेव जोशी (१८ मिनेट ०६ दशमलव १ सेकेन्ड) तेस्रो भए ।
महिलातर्फ एनपिएफ राजपुरा पछाई विजेता बनिन् । उनले २० मिनेट ३५.७५ सेकेन्डमा निर्धारित दूरी पार गरिन् । त्यस्तै, एनपिएफकै राममाया बुढा (२० मिनेट ५०.१५ सेकेन्ड) दोस्रो भइन् ।
