काठमाडौ १ मा माओवादीबाट बेलायतमा रहेका नविन स्याङतान सिफारिस


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज ३ २०७९
6K
SHARES

३ असोज लण्डन । माओवादी केन्द्र निकट प्रवास समन्वय समिति अन्तर्गतको जनप्रगतिशिल मञ्च बेलायतले आगामी प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । मञ्चले प्रतिनिधिसभाका लागि चार जनाको नाम सिफारिस गरेको हो । यसरी सिफारिस हुनेमा काठमाडौं १ बाट प्रत्यक्ष तर्फका लागि नबिन स्याङतान र समानुपातिक तर्फ सिफारिस हुनेमा प्युठानका मानबहादुर गुरुङ, भोजपुरका कृष्णकुमार राई र चितवनका कपिल श्रेष्ठ रहेको मञ्चकी महासचिव बिमला लिम्बूले जानकारी दिइन् ।

उनले अहिलेको व्यवस्था माओवादीले ल्याएको र अवस्था परिवर्तन गर्नका लागि योग्य उम्मेदवार सिफारिस गरेको पनि बताइन् । महासचिव लिम्बूले एमाले अध्यक्ष केपी ओलीले संविधान मास्नका लागि गरेको प्रतिगमन र सरकारमा हुँदा गरेको चरम भ्रष्टाचारको विरुद्धमा संगठन रहेको पनि बताइन् ।

मञ्चले यसरी सिफारिस गरेर पठाएका नामहरु माओवादी केन्द्रले समानुपातिकको बन्द सूचिमा समावेश गरी निर्वाचन आयोग समक्ष पेश गर्ने छ ।