माओवादीको समानुपातिकको बन्द सुचिमा यस्तो नाम पनि भेटियो !


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज ३ २०७९
6.9K
SHARES

३ असोज काठमाडौ ।नेपाल सरकारले तोके बमोजिम मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागी समानुपातिक उमेदवारहरुको नामावलीको बन्द सुचि बुझाउने अन्तिम दिन राजनितिक दलहरुले आफ्नो तर्फबाट समानुपातिक उमेदवार बन्नेहरुको बन्द सुचि निर्वाचन आयोगमा बुझाएका छन् ।

विभिन्न दलहरुले बुझाएका समानुपातिक उमेदवारहरुको नामावलीमा यस्ता नामहरु पनि फेला परेका छन् जुन सुन्नेहरुनै चकित भएका छन् । नेपाली काग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणा समानुपातिक सुचिमा बसेको खबर सेलाउन नपाउदै माओवादी केन्द्रको समानुपातिक सुचिमा पनि अर्को चकित पर्ने नाम भेटिएको छ ।

नेकपा मओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराको नाम माओवादी केन्द्रको तर्फबाट समानुपातिक उमेदवार बन्नेहरुको लिष्टमा फेला परेको छ । महरालाई प्रतिनिधिसभाको समानुपातिक तर्फको उमेदवार बनाएर माओवादी केन्द्रले बन्द सुचि निर्वाचन आयोगमा बुझाएको छ ।खस आर्य समुदायबाट महरा एक नम्बर समानुपातिकमा सूचीमा समेटिएको एक नेताले बताए । माओवादीले सोमबार निर्वाचन आयोगलाई सूची बुझाउने क्रममा महराको नाम समेत समानुपातिक सूचीमा राखेर पठाएको हो ।

प्रवक्ता महराले आफ्नो समानुपातिक सूचीमा जाने इच्छा भएको प्रतिक्रिया दिएका छन् ।मैले समानुपातिक सूचीमा जाने इच्छा देखाएको साँचो हो । पार्टीका नेताहरुले समेत सहमति जनाउनुभएको छ’ महराले भने,का छन् ‘आयोगमा सूची बुझाउँदा मेरो नाम समानुपातिक नाम राखिएको कि राखिएन थाहा भएन ।’ महरा दाङ क्षेत्र नम्बर २ बाट र एकबाट सिफारिस भएका थिए । तर, उनी दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले छोडेका छन् ।

महासचिव पोखरेलसँग गठबन्धन हुँदा समेत प्रतिस्पर्धा गाह्रो हुने देखेपछि महरा समानुपातिकतिर गएका हुन् । महरा २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट चुनाव जितेका थिए । दोस्रो जनआन्दोलनपछि अन्तरिम विधायक, २०६४ साल, २०७० साल र २०७४ सालमा प्रत्यक्ष निर्वाचित भएका थिए । उनी उपप्रधानमन्त्री सहित ५ पटक मन्त्री भइसकेका छन् ।