जनमत पार्टीका कार्यकर्ताले जलाए राष्ट्रपतिको पुतला
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज ५ २०७९
1.9K
SHARES
५ असोज काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन् । बुधबार सिरहामा पुतला जलाइएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगरिएको भन्दै विरोध प्रदर्शन र पुतला दहन गरिएको राउतको फेसबुकमार्फत जनाइएको छ ।
“नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको असंवैधानिक कदमको विरोधमा जनमत पार्टीद्वारा विरोध प्रदर्शन तथा राष्ट्रपतिको पुतला दहन,” फेसबुकमा लेखिएको छ, “एमाले, कांग्रेस नसच्चिए मधेस प्रवेशमा रोक लगाइने ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट