मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त : को कहाँ ? (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ६ २०७९
2.4K
SHARES

६ असोज काठमाडौं । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आसन्न निर्वाचनका लागि जिल्ला न्यायाधीश र नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो ।

उनीहरूलाई यही असोज ११ गतेदेखि लागु हुने गरी उक्त पदमा नियुक्त गरिएको आयोगले जनाएको छ । “संवत् २०७९ मंसिर ०४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम देहायका माननीय जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मिति २०७९÷०६÷११ गतेदेखि लागु हुने गरी देहायबमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको छ,” आयोगले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नामावली पढ्नोस्–