यस्तो निर्णय गर्दै सत्ता गठबन्धनको बैठक सम्पन्न
७ असोज काठमाडौं । आज सत्ता गठबन्धनको आजको बैठक पनि निष्कर्षविहीन बनेको छ । शुक्रबार साँझ बालुवाटार बैठकबाट कुनै ठोस निष्कर्ष ननिस्किएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार पछिल्ला बैठकहरूमा प्रदेशगत रूपमा छलफल भइरहेको छ । आजको बैठकमा मधेस प्रदेशबारे छलफल भएको उनले बताए । मधेसबाहेक अरू प्रदेशमा समस्या नहुने अपेक्षा गरिएको उनको भनाइ छ ।
आज खासगरी मधेस प्रदेश केन्द्रित धेरै कुराहरू भए । अब करिब करिब सहमति नजिक नजिक पुग्न खोज्या छ । हामीलाई अलि बढी अप्ठेरो मधेस प्रदेशमै हो । अरू प्रदेशतिर खासै अप्ठेरो नहोला गठबन्धनमा,” उनले भने ।
पौडेलका अनुसार अहिलेसम्म कुनै प्रदेशको बाँडफाँट टुंगो लागेको छैन । “अहिलेसम्म कुनै प्रदेशको टुंगो लागिसकेको छैन । मिल्दैछ । मिल्न मिल्न लागेको छ,” उनले भने ।
सिट बाँडफाँटका लागि गठबन्धनका नेताहरू निरन्तर छलफलमा सक्रिय छन् ।