काठमाडौंको यस क्षेत्रबाट कुलमान उठने तयारी !


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज १० २०७९
1.8K
SHARES

९ असोज काठमाडौ  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर २ बाट कुलमान घिसिङलाई चुनाव उठाउने तयारी गरेका छन् ।नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकको जिम्मेवारीमा रहेका घिसिङ सो जिम्मेवारीबाट अलग भएर चुनावमा होमिन लागेको चर्चा छ । उनी सुरुदेखि नै प्रचण्डसँग निकट मानिन्छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौंमा माओवादीले चमत्कार गर्ने दाहालको अभिव्यक्ति थियो । काठमाडौंमा माओवादीको जनाधार कमजोर देखिएको बेला दाहालले लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई पार्टीको उम्मेदवार बनाएर नयाँ इतिहास कोर्न चाहेका छन् ।

कुलमान उठ्ने काठमाडौं २ मा स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि उठ्ने चर्चा छ । कुलमान उठ्ने भएपछि रवि अहिले तनावमा रहेको बुझिएको छ ।