यस्तो छ चितवनमा प्रचण्ड निवास


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज १० २०७९
7K
SHARES

१० असोज काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को चितवनमा नयाँ घर बनेको छ । प्रचण्ड सोमबार भरतपुर – १४ शिवनगरमा बनाइएको त्यही नयाँ घरमा सरेका छन् ।  पत्नी सीतालाई उनले आफ्नो त्यही नयाँ घरमै राख्ने भएका छन् ।

पत्नी सीता दाहाललाई लिएर चितवन गएका छन् । गत शनिबार काठमाडौंबाट प्रचण्डले आफूसँगै बिरामी रहेकी सीतालाई समेत लिएर आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका हुन् ।

प्रचण्ड मंगलबार काठमाडौं फर्किने कार्यतालिका छ । तर सीता भने चितवनमै बस्ने भएकी छिन् । यस्तै प्रचण्ड काठमाडौंको कार्यक्रम सकेर चितवनमा केही समय बस्नेगरी जाने सचिवालयले जनाएको छ ।