गोरखामा नेका युवा नेता स्वतन्त्र उमेदवार हुदै छन् कि पार्टीबाटै ?
१२ असोज गोरखा । नेपाली कांग्रेस दलिय गठबन्धन गरेर निर्वाचनमा जाने भए पछि यस पार्टी भित्रबाट उमेदवार हुन चाहने नेताहरुले निर्वाचन क्षेत्र नपाउने, पाएका निश्चित क्षेत्रहरुमा २०४८ सालदेखि हालिमुहाली गरिरहेका अनुत्पादक नेता वा तिनका आसेपासेले मात्रै टिकट पाउने भए पछि गुणस्तरीय राजनीति गर्दै आएका बौद्धिक शिक्षित राजनीतिकर्मीहरुले काम देखाउन कुनै अवसर नपाउने भएका छन्। एकातिर समाज शिक्षित र इमानदार बौद्धिक व्यक्तित्व खोजिरहेको छ भने अर्कातर्फ क्षमतावान व्यक्तिहरु अगाडि बढ्न नदिन धन , डन र रिटार्डेड माइण्डहरु एकजुट भएर छेकवार हाल्दै छन्।
यतिबेला जतिले चिन्दछन् एउटा इमानदार, बौद्धिक तथा शिक्षित व्यक्तिका रुपमा परिचित गोरखाका युवराज बस्ताकोटीलाई नेपाली कांग्रेस पार्टीले समानुपातिक लिष्टमा राखेर देश दौडाहामा लैजान्छ भन्ने अपेक्षामा रहेका नेपाली कांग्रेसका वास्तविक शुभेच्छुकहरुले बस्ताकोटीको भावि रणनीति आकलन गरिरहेका छन्।
गोरखाको विकास चाहनेहरूले एउटा विश्वासिलो विकल्पको रुपमा हेरिरहेका छन्। उनले सामाजिक सञ्जालमा गोरखाको विकासका लागि अरुको भर पर्न नसकिने भएकाले आफै अगाडि सर्नु पर्ने देखिएको भन्दै पार्टीको प्रत्यक्ष टिकटको दावि गरे वा स्वतन्त्र रुपमा अगाडि बढ्न खोजे ? प्रश्न उब्जिएको छ ।
यस विषयमा एक शुभ चिन्तकले भने,” राजनीतिमा देखाउन मिल्ने र जनताको भरोषा जित्न सक्ने व्यक्ति हुन् तर निर्वाचनमा चलेको विकृती भनौं आर्थिक लगानीको क्षमता नभएकाले समानुपातिबाट देश बनाउने अभियानमा आउन खोजेका हुन् , पार्टीको समानुपातिक लिष्टको हविगत देखि सकेपछि यो पटक नै पार्टी बाहिर गएर निर्वाचन लड्ने उनको सोच छैन, बरु पार्टीको उमेदवार जिल्ला प्रिय होस् , भन्ने चाहना छ , उनले प्रत्यक्ष टिकट मागेका दिन, उनी पछाडि पर्दैनन् , उनको स्वभाव पनि, उनले घोषणा गरे पछि गर्छन गर्छन । मलाई लाग्छ, उनी सल्लाह गर्दैछन्, दवाव पनि छ, केहि घोषणा गरेका छैनन् , पार्टीको टिकट अन्तिम निर्णय भए पछिको अवस्थाको आधारमा निर्णय गर्नेछन् र उनी आदर्श उन्नतशील लोकतन्त्रबादी हुन्, यसमा उनी अडिग छन्।”
उनको शुभेच्छुकले यस्तो बताएका भए पनि बस्ताकोटीको फेसबुक स्टाटस भने यस्तो रहेको छ, ” गोरखाको विकास र समृद्धिमा मात्रै मेरो उन्नति र सन्तुष्टि छ। अब उधारो भुलभुलैयामा परेर अरुलाई पत्याउन सक्ने अवस्था आज सम्म देखिएन। यहाँहरुको अपेक्षा र मेरो उपस्थिति सम्भब हुन सक्ने देखियो।
जिल्लाबासी दाजुभाइ दिदीबहिनीहरुमा थप सल्लाह जारि छ। समय र जन भावना भन्दा माथि कोहि छैन।”
अर्का एकजना कांग्रेस कार्यकर्ताले भने,” पार्टीको गण्डकी प्रदेश अधिवेशनमा तरुण बौद्धिक भनिएका सबै नेता गुट उपगुट बनाएर मोलतोल गरेर निर्वाचन लडे, एकाथरी राम चन्द्र पौडेल, गगन थापा, ससांक कोइराला, प्रदिप पौडेल, शेखर कोइरालाको एक टिममा लागे भने अर्को समुह शेर बहादुर देउवा समुहमा लागेर जित्ने र हार्ने भए तर उनी एक्लै पौडेल, थापा तथा देउवा कतै नलागि नेपाली कांग्रेसको मात्रै पक्षमा लागेर पनि झण्डै १२% मत प्राप्त गरे । उनले अहिले पनि एक्लै उठे भने पनि २०% मत कटाउन सक्छन्, केहि प्रगतिशील लोकतन्त्रबादी मानिसले सहयोग गरे भने स्वतन्त्र पनि जित्न सक्छन् , यो सहि हो, तर अहिले नै उनले कुनै पनि अन्य प्रस्ताव स्वीकार गरेका छैनन्, मलाई लाग्छ उनले कम्तिमा २१/२२ गते मात्रै आफ्नो धारणा सार्वजनिक गर्नेछन् , गोरखा बुझेका विकास रणनीतिका अध्येता; बस्ताकोटी जिल्लाको प्रतिनिधित्व गर्नु , जिल्लाको भविष्यको लागि उत्कृष्ट कुरा हो ” ।
के युवराज बस्ताकोटीले नेपाली कांग्रेसको टिकट लिँदैछन् त वा स्वतन्त्र उठ्दैछन्? भन्ने प्रश्नको उत्तर बस्ताकोटीसंग हामीले लिने प्रयास गर्दा उनले भने,” मेरो पदमा आशक्ती छैन, मैले आफुलाई केन्द्रिय भागमा राखेर राजनीति सेवामा लागिन। गोरखाको विकास र सम्वृद्धि मात्रै मेरो लक्ष्य हो। यो काम जसले गरे नि हुन्थ्यो, दुर्भाग्य गरेनन्। गोरखाको समग्र विकासको भिजन तय गरेको छु, अवसर पाउँदा देखाउनेछु र एकदिन जनतासंग अवसर लिने दिन आउछ, थाहा छैन, मिति चाहिँ, हुनसक्छ छिट्टै । लोकतन्त्रको इतिहास बोकेको पार्टी, वीपी किसुनजी गणेशमानजीको पार्टीले जनताको काम गर्न सक्ने भिजनरी मानिसलाई अगाडि बढाउनु पर्छ त्यो नै जनताको माग हो।”