नेकपा एकीकृत समाजवादीले १७ सिट पाउने सहमति , यी हुन् निर्वाचन क्षेत्र
१३ असोज काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले १७ सिट पाउने भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सत्ता गठबन्धनबाट चुनाव लड्न समाजवादीलाई १७ सिट दिने करिब सहमति भएको हो।
जसअनुसार एकिकृत समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र पाउने भएको हो।
बारा ४, धादिङ १, अछाम १ मा छलफल गरेर अन्तिम रुप दिइने नेताहरुले बताएका छन्। यी मध्ये केही निर्वाचन क्षेत्रमा अन्य पार्टीले दाबी गरेकाले अन्तिम रुप दिन बाँकी रहेको छ।