माओवादी नेता छक्कबहादुर आज एमाले प्रवेश


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज १७ २०७९
2K
SHARES

१७ असोज काठमाडौ ।प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा नेकपा एमाले प्रवेश गरेका छन्।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर लामाले पार्टी प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष ओलीले स्वागत गरेका छन्। लामासहित अन्य केही नेताहरू पनि पार्टी प्रवेश गरेका छन्। उनी हुम्लाका नेता हुन्।

यस्तै आइतबार मात्रै इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीले एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेका थिए।