केपी ओली दसैँ मनाउन झापामा
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज १७ २०७९
5.4K
SHARES
१७ असोज काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । अध्यक्ष ओली दसैँ मनाउन पत्नी राधिका शाक्यसहित झापा पुगेका हुन् ।
अध्यक्ष ओलीले मंगलबार झापामा दसैँ तिहार, छठलगायतका पर्वहरूको अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् ।ओलीले यसपालिको टीका झापामै ग्रहण गर्ने कार्यक्रम छ ।
झापाको भद्रपुर नगरपालिकास्थित पृथ्वीनगरमा टीकाको शुभसाइतमा बुवा मोहनप्रसाद ओलीको हातबाट उनले टीका ग्रहण गर्ने कार्यक्रम छ । त्यसैदिन ओली काठमाडौं फर्किने तय भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट